काठमाडौंको अधिवेशन नतिजाले देउवालाई झट्का - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

काठमाडौंको अधिवेशन नतिजाले देउवालाई झट्का



काठमाडौं- नेपाली कांग्रेसको काठमाडौं महानगर कार्यसमितिको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्। आज भएको अधिवेशनमा शाक्य विजयी भएका हुन् ।

अधिवेशनपछि आइतबार साँझ सम्पन्न मतगणनामा शाक्यको टिम नै विजयी भएको छ। उनी ठुलो मतान्तरले विजयी बनेका छन् ।

काठमाडौं महानगरपालिका समितिको सभापतिमा संस्थापन इतरका शाक्य विजयी भएपछि पार्टी सभापति शेरबहादुर देउवा भने तनावमा परेका छन् ।

प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितलाई भारी मतले हराउँदै शाक्य निर्वाचित भएपछि देउवाले आफ्नो साख घटेको आंकलन गरेको बताइएको छ । कांग्रेसको काठमाडौं महानगर समितिको सभापति चयनका लागि जम्मा १ हजार १३९ मत खसेको थियो।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहनिकट मानिने शाक्यले केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका रञ्जितलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।

शाक्यलाई गगन थापाले पनि सघाएका थिए। महानगरका ३२ वडामध्ये कांग्रेसका अधिकांश वडा सभापतिले शाक्यलाई सघाएका बताइएको छ।