देउवा इटहरी पुगेर बाढीपीडितलाई बस्ने खाने ब्यवस्था मिलाउन कडा निर्देशन दिए - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

देउवा इटहरी पुगेर बाढीपीडितलाई बस्ने खाने ब्यवस्था मिलाउन कडा निर्देशन दिए



 

३० साउन, इटहरी ।

भारी वर्षाका कारण पुर्व देखी पश्चिम सम्म बाढिले बितण्डा मच्चाइरहेको छ । यसै क्रममा बाढी प्रभावित क्षेत्रको अनुगमनका गर्न प्रधानमन्त्री देउवा यतिबेला इटहरी पुगेका छन । इटहरी पुगेका देउवाले सेहेरा र बुढी खोलाको तटबन्धन बाध्ने आश्वसन दिएका छन् ।

नेपाली सेनाको हेलिकोप्टरमा इटहरी पुगेका देउवाले सेहेरा र बुढी खोला इटहरी प्रवेश गरी धनजनको क्षती गरेको भन्दै तटबन्धन बाध्न बजेट छुट्याउने पनि बताएका हुन् ।

प्रधानमन्त्री देउवाले इटहरीस्थित पीडितहरुसँग कुराकानी पनि गरेका छन ।

उनले तत्कालका लागि बस्ने खाने ब्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन ।

उनले बाढीमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने निर्णय भएको जानकारी दिए ।

प्रधानमन्त्रीसँगै गृहमन्त्री जर्नार्दन शर्मा, रक्षामन्त्री भीमसनदास प्रधान, नेपाली सेनाका प्रधानसेनापती राजेन्द्र क्षेत्री, नेपाल प्रहरी आईजीपी प्रकाश अर्याल, सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठ, गृह सचिव लगायतले बाढी प्रभाबित क्षेत्रमा निरिक्षण गरेका थिए ।