देउवाले पनि हार खाए - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

देउवाले पनि हार खाए



काठमाडौं– सरकार गठनका लागि कस्सिएका नेपाली कांग्रेसका सभापति बहुमत नपुग्ने ब्रिफिङ पदाधिकारी बैठकमा गरेका छन्। आफ्नो निवासमा जारी बैठकमा उनले आफू नेतृत्वको सरकार गठनका लागि बहुमतको सम्भावना नदेखिएको बताएका हुन्।

‘महन्थ ठाकुरले मानेनन्, बहुमत नपुग्ने भो। माधव नेपालहरूले पनि राजीनामा दिएनन्। अब ओलीले शपथ लिने रे। हेरौं कुन धाराअनुसार लिन्छन्। त्यसपछि बाँकी कुरा हुन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने।

प्रधानमन्त्रीको दाबी पेश गर्न आज देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो र माओवादी अध्यक्ष प्रचण्डसँग कुरा गरेका थिए।

देउवाको तयारी टार्न ठाकुर आफू निकट सांसदहरुलाई लिएर भक्तपुरस्थित एक रिसोर्टमा बसेका छन् भने माधव नेपालले अध्यक्ष केपी ओलीसँग झन्डै चार घण्टा कुरा गरेपछि राजीनामाबाट पछि हटेको बताएका छन्।