कांग्रेसभित्रै देउवाविरुद्ध चर्को घेराबन्दी, पौडेल पक्षले बोलायो बैठक - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

कांग्रेसभित्रै देउवाविरुद्ध चर्को घेराबन्दी, पौडेल पक्षले बोलायो बैठक



काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध घेराबन्दी सुरू गरेका छन् ।

सरकारमा सहभागीता र महाधिवेशन सार्ने विषयले देउवाविरुद्धको मोर्चा कडा बन्ने देखिएको छ । सोमबार बिहानै सामाजिक संजालबाट देउवाविरुद्ध खनिएका वरिष्ठ नेता पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्।

सोमबार अपरान्ह ३ बजे महामन्त्री शशांक कोइरालाको निवासमा पौडेलले आफूनिकट नेताहरूको भेला बोलाएका हुन्। आजको बैठकले देउवालाई घेराबन्दी गर्ने कार्यक्रम सशक्त बनाउने सम्भावना छ ।

सरकारमा सहभागिता, क्रियाशील सदस्यता र महाधिवेशनका बिषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ। तोकिएको मितिमा महाधिवेशन हुने सम्भावना न्यून हुँदैजादा सभापति शेरबहादुर देउवासँग पौडेल आक्रोशित छन्।

आजै संस्थापनइतर जिल्ला सभापतिहरुको भेला पनि बोलाइएको छ। कांग्रेसको नेतृत्वमा सरकार बनेपछि सरकारमा जाने आकांक्षी धेरै भएकाले देउवाले कुनै समुहको पनि कुरा सुनेका छैनन् ।