देउवाले भने: एमालेलाई साइजमा ल्याउन पनि गठबन्धन गर्नैपर्छ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

देउवाले भने: एमालेलाई साइजमा ल्याउन पनि गठबन्धन गर्नैपर्छ



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले जित्नको लागि मात्र नभएर एमालेलाई हराउनका लागि पनि गठबन्धन गर्नुपर्ने बताएका छन् । गठबन्धनबिना चितवनमा कांग्रेसले चुनाव जित्न नसक्ने पनि देउवाले बताएका छन् ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले आफू विद्यार्थी राजनीति गर्दादेखि नै चितवनमा चुनाव जित्न नसकेको बताए।

‘चितवनमा कांग्रेसले कहिल्यै चुनाव जितेको इतिहास छैन। जहिले हारेको हारेइ। कहिले जित्दा पनि जित्दैन’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘ मैले उहिले विद्यार्थी राजनीतिबाटै जानेको हुँ। यहाँ भएका साथी मध्ये कोही त जन्मनु पनि भएको थिएन होला।’

देउवाले नेकपा (एमाले) लाई हराउन पनि गठबन्धन बनाउनुपर्ने बताए। देउवाले यो पटक एमालेलाई साइजमा ल्याउनुपर्ने बताए । उनले चितवनमा कांग्रेस एक्लै लड्नुपर्छ भन्ने नेता कार्यकर्तालाई चुनाव नजिते के गर्नुहुन्छ भन्ने प्रश्न पनि गरे।

‘ओलीको आतंक यति चाँडै बिर्सने’ देउवाले भने, ‘गठबन्धन बिना चुनाव जितेर देखाउनु। जितेन भने मैले जान्या छु। जितेन भने के गर्नु हुन्छ?’