पत्रकारसँग 'फायर' भए शेरबहादुर देउवा - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

पत्रकारसँग ‘फायर’ भए शेरबहादुर देउवा



विराटनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्रकारहरूसँग झोक्किएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरूले प्रश्न सोध्दै गर्दा उनी झोक्किएका हुन् ।

ओली सरकारलाई समर्थन गर्ने हो भन्ने प्रश्न सोधेपछि कांग्रेस सभापति एकाएक रिसाए । उनले झेक्किँदै भने, ‘विपक्षी पार्टी भनेको सुन्नु भएन ?’

त्यसपछि उनी ‘विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी ! जानुस्’ भन्दै उठेका थिए ।

उनले आफूहरुले सरकारमा जान हतार नगरेको बताएका छन् । तर जिम्मेवारी आए नभाग्ने बताए ।

कांग्रेसका दिवंगत नेता अशोक कोइरालाका परिवारलाई भेट्न विराटनगर आएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारमा जान हतार नगरेको बताए ।

पत्रकारहरुले भने सरकारमा कहिले जाने ? अविश्वासको प्रस्ताव कहिले आउँछ ? जस्ता प्रश्न गरेका थिए । देउवाले कांग्रेस विपक्षी दल भएको बताए ।