शीतलनिवासबाट फर्किए देउवा - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

शीतलनिवासबाट फर्किए देउवा



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेबमोजिम संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन्।

विपक्षी गठबन्धनका १ सय ४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दाबी गरेका हुन्। सिंहदरबारमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्ष र नेकपा एमालेका माधव नेपाल पक्षसँग छलफल गरी बहुमत सांसदको हस्ताक्षर बोकेर देउवा शितलनिवास पुगेका थिए।

त्यसअघि नै प्रधानमन्त्री ओली शितलनिवास पुगेकाले देउवासहितका नेताले राष्ट्रपति भेट्न केहीबेर कुर्नुपरेको थियो। देउवासँगै नेताहरु माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत पनि शीतलनिवास पुगेका थिए।