प्रधानमन्त्री देउवाले दिए एमालेलाई धन्यवाद - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

प्रधानमन्त्री देउवाले दिए एमालेलाई धन्यवाद



प्रधानमन्त्री शेरबहादुर देउवाले साधन र स्रोतको सीमितताका बीच स्थानीय तह निर्वाचन भयरहित वातावरण सम्पन्न भएको बताएका छन्।

सरकारले प्रतिनिधिसभामा पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले छिटफुट घटनालाई लिएर संशय व्यक्त गर्नु उपयुक्त नहुने पनि बताए।

‘एकै पटक निर्वाचन गर्नु चुनौतीपूर्ण विषय हो। साधन र स्रोतको सीमितताका बीच भयरहित वातावरण सम्पन्न भएको छ,’ प्रधानमन्त्रीले भने, ‘छिटपुट घटनालाई लिएर संसय व्यक्त गर्नु उपयुक्त हुँदैन।’

सार्वभौम जनता नै यसका निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प नभएकोउनकोे भनाइ थियो।

‘सार्वभौम जनता नै यसका निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प छैन,’ प्रधानमन्त्री देउवाले भने।

पहिलो पटक स्थानीय तहको निर्वाचन एकै पटक सम्पन्न भएको भन्दै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउने निर्वाचनमा सहभागी भएर जनप्रतिनिधि छनौट गरेकोमा सबैलाई धन्यवाद पनि दिए।

प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य गरेर संसदीय प्रक्रिया सुरु भएको प्रति प्रतिपक्षी नेकपा एमालेलाई पनि धन्यवाद दिए।