यी हुन् केन्द्रीय सदस्यमा पराजित भएका देउवाका १० भाई - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

यी हुन् केन्द्रीय सदस्यमा पराजित भएका देउवाका १० भाई



काठमाडौँ- कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा समूहका ९ उम्मेदवार पराजित भएका छन् । देउवाले सभापतिमा पहिलो चरणमै ४८ प्रतिशत मत पाएका थिए ।

तर, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यहरूमा भने देउवा कतिपय उम्मेदवारहरू पराजित भएका छन् । महाधिवेशन प्रतिनिधिहरूले प्यानलमा मात्रै मत नखसालेर मिश्रितरुपमा मतदान गर्दा परिणाम पनि त्यसैअनुरुप आएको हो ।

खुला केन्द्रीय सदस्यमा देउवा समूहबाट पूर्वमहामन्त्री शशांक कोइरालासहित ३५ जना आधिकारिक उम्मेदवार थिए । तर, हरिप्रसाद नेपाल (१३८४), मंगलप्रसाद थारु (१५१७), शम्भुलाल श्रेष्ठ (१४२०), विरेन्द्रकुमार कनौडिया (१५१९), नरेशबहादुर सिंह (१२३९), शारदा पौडेल (३५८), सुधिरकुमार शिवाकोटी (१२२९), रत्नबहादुर कार्की (१३९८), गंगाधर तिवारी (१२२८) र जनकराज गिरी (१४१९) पराजित भएका हुन् । यी सबै उम्मेदवारको नाम देउवा समूहले बाँडेको प्यानलको सूचीमा उल्लेख थियो ।