देउवाले बोलाए मन्त्रिपरिषद् बैठक: महत्त्वपूर्ण निर्णय गर्ने तयारी
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । आज सोमबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।
बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बोलाइएको हो । आजको बैठकमा महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा प्रशासनिक काम कारबाहीबारेको छलफल सहित निर्णय हुने बताइएको छ । मन्त्रिपरिषद्ले पूर्णता पाइ नसकेको अवस्थामा त्यसबारेमा पनि निर्णय हुनसक्ने स्रोतले जानकारी दिएको छ ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्री थप गरेका छन् ।