शंकर पोखरेलले गरे प्रधानमन्त्री देउवामाथि व्यंग्य - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

शंकर पोखरेलले गरे प्रधानमन्त्री देउवामाथि व्यंग्य



काठमाडौँ- आगामी चुनाव कहिले गर्ने भनेर बहस जारी रहेका बेला नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध व्यंग्य गरेका छन् ।

हाल पाँच दलीय गठबन्धन सरकारको नेतृत्वकर्ता देउवाकै नेतृत्वमा यसअघि स्थानीय तहको चुनाव मात्रै तीन चरणमा भएको महासचिव पोखरेलले उल्लेख गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले आज उनै देउवा नेतृत्वको सरकारले तीनै तहका चुनाव एकैपटक गर्ने भनेको सुन्दा अचम्म लागेको बताएका छन्।

‘स्थानिय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्ने रे’, पोखरेलले भनेका छन्, ‘सोझै भनौं न, अहिले जनता गठबन्धनका पक्षमा छैनन्।’