देउवाले भने, 'देउवाको मात्रै विरोध गर्छन, ओलीको विरोध गर्न कसैले सक्दैनन्' - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

देउवाले भने, ‘देउवाको मात्रै विरोध गर्छन, ओलीको विरोध गर्न कसैले सक्दैनन्’



काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले यत्रो ज्यादती गर्दा पनि किन कोहि विरोधमा बोल्न सक्दैनन् भन्दै प्रश्न गरेका छन् । उनले खाली देउवाको मात्रै विरोध गर्न पाइने ओलीको विरोध गर्न नपाइने अवस्था आएको समेत बताए ।

कोभिड–१९ अनुगमन समितिद्वारा बुबाधर आयोजित प्रदेश ५ को अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले उनले पार्टीभित्र आफ्नो विरोध गरे पनि प्रधानमन्त्री केपी ओलीको विरोध गर्न नसकेको बताए । ‘शेरबहादुर देउवाको जति पनि विरोध गर्न पाइन्छ तर ओलीको विरोधमा कोही बोल्दैन,’ देउवाले भने, ‘सरकारले यत्रो ज्यादती गर्दा पनि किन विरोधमा बोल्न सक्दैनन् ?’

देउवाले पार्टी महाधिवेशनको प्रसङ्गमा आफू पार्टीको विधानबाहिर जान नसक्ने समेत बताएका छन । उनले तोकिएकै समयमा महाधिवेशन हुने दाबी समेत गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन नगराई पार्टीमा संवैधानिक संकट निम्त्याउन खोजिएको आशंका बढाइरहेका बेला देउवाले नेपालको संविधान र पार्टीको विधानबारे आफू जानकार रहेको बताए ।

‘तपाईंहरू चिन्ता नगर्नुहोस्, पार्टीको विधानबाहिर जान सक्दिनँ । किन आशंका गर्नुहुन्छ ? तोकिएको मितिमै महाधिवेशन हुन्छ,’ उनले भने, ‘कांग्रेसमा मेरो विरोध जति पनि गर्न पाइन्छ तर जनता मालिक हुन् । भोलिको चुनावमा कसरी जितेर आउने, त्यतातिर सोच्नुहोस् ।’