बालुवाटार फर्किएका देउवा फेरि ओली निवासमा: दोस्रो चरणको वार्ता सुरू
काठमाडौँ- गठबन्धनको बैठक सकेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका प्रधानमन्त्री देउवा बालुवाटार फर्केर पनि फेरि बालकोट पुगेका छन् ।
वार्ता सकेर फर्किएका देउवा एकाएक फेरि ओलीसँग दोश्रो चरणको वार्तामा बसेका छन् । अहिले दोस्रो चरणको वार्ता जारी छ ।
छलफल सकेर बाहिरिएका प्रधानमन्त्री देउवा फेरि फर्किएपछि एमालेका थुप्रै नेताहरू पनि बालकोट पुगेका छन् । उनी अर्को चरणमा छलफलका लागि पुनः बालकोट फर्किएपछि यो वार्तालाई थप अर्थपूर्ण रूपमा हेरिएको छ ।
देउवा फेरि बालकोट पुगेपछि एमालेका कैयौँ नेताहरू त्यहाँ पुगेको बताइएको छ । अन्य नेताहरु भने बैठकमा सहभागी छैनन् ।
बालकोट भेटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि सहभागी छिन् । गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओली भेट्न पुगेका हुन् ।