देउवाले बोलाए बैठक: आन्दोलन चर्काउनेबारे छलफल हुने - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

देउवाले बोलाए बैठक: आन्दोलन चर्काउनेबारे छलफल हुने



काठमाडौं– सरकारविरुद्ध आन्दोलन चर्काउनेबारे छलफल गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

सभापति देउवाले आफ्नै निवास बुढानिकलण्ठमा बिहान ९ बजे पदाधिकारी बैठक बोलाएका छन्।

सरकारविरुद्ध सोमबारका लागि तय गरिएको विरोध प्रदर्शनका सन्दर्भमा छलफल हुन र त्यसभन्दा अगाडिका विरोध कार्यक्रम कसरी लैजाने भन्नेबारे छलफल हुने एक नेताले बताए ।

पछिल्लो समय पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेस सरकारविरुद्ध खनिएको छ । यससंगै सरकारका विरुद्ध आन्दोलन चर्काउने निर्णय समेत गरेको छ ।