ठाकुर र महतोसँग भेटेलगत्तै देउवाले बोलाए पदाधिकारीको बैठक - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

ठाकुर र महतोसँग भेटेलगत्तै देउवाले बोलाए पदाधिकारीको बैठक



काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग लामो छलफलपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्।

बिहीबार बिहानैबाट जसपाका नेताहरू अध्यक्ष ठाकुर र नेता महतोलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका देउवाले अपरान्ह ४ बजेका लागि पार्टी पदाधिकारी बैठक डाकेका छन् । जसपाका नेतासंग लामो छलफल गरेलगत्तै बैठक डाक्नुलाई अर्थपूर्ण मानिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ।

उक्त समयभित्र पार्टीले सरकारका लागि दाबी गर्ने कि नगर्ने भन्नेबारे छलफल गर्न देउवाले पदाधिकारी बैठक राखेका हुन्।

देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र तयार भए पनि जसपाको महन्थ ठाकुर पक्षले सहमति दिइसकेको अवस्था छैन।