माधव नेपाल समूह बिना नै देउवाको पक्षमा बहुमत
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका वरिस्ठ नेता माधव नेपाल समुहले मत नदिएपनि विश्वासको मत पुग्ने भएको छ । अन्तिम समयमा जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि यस्तो अवस्था आएको हो ।
यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ । यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत सुनिश्चित थियो ।
अब महन्थ पक्षको १२ थपिएसँगै देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ । विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्छ ।