देउवाले अस्वीकार गरे प्रचण्डको प्रस्ताव, माधवले सम्झाए पुरानो सम्झौता - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

देउवाले अस्वीकार गरे प्रचण्डको प्रस्ताव, माधवले सम्झाए पुरानो सम्झौता



काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसीको विषय निर्वाचनपछि धकेल्ने सत्तारुढ नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको छलफलमा अध्यक्ष प्रचण्डले गरेको प्रस्ताव प्रधानमन्त्री देउवाले अस्वीकार गरेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले एमसीसी थाँती राखेर अघि बढ्न नसकिने भन्दै छिटो निर्णय दिन दाहाल र नेपाललाई आग्रह गरेका थिए । अमेरिकाले दिएको १६ फागुनको समयसीमा अगावै एमसीसी पारित गर्नुपर्ने देउवाको अडानपछि दाहाल र नेपाल अन्योलमा परेका छन् । जनचाहनाअनुरुप एमसीसी पारित हुन नहुने उनीहरूको तर्क छ ।

छलफलमा माधवकुमार नेपालले गठबन्धन टुट्न दिन नहुने भन्दै मध्यमार्गी बाटो निकाल्न जोड दिएका थिए । उनले एमसीसी संशोधनको विषय निकाले पनि प्रधानमन्त्री देउवाले अमेरिकाले एमसीसी संशोधन नगर्ने भनेर स्पष्ट पारिसकेको स्मरण गराएका थिए ।

उनले पहिले गरेको सम्झौता अनुसार तत्काल एमसीसीलाई ल्याएर आफूहरूलाई दवाव नदिने देउवालाई आग्रह गरेका थिए ।