देउवाको अर्को काण्ड : पार्टीभित्र चर्को आलोचना - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

देउवाको अर्को काण्ड : पार्टीभित्र चर्को आलोचना



काठमाडौं : चारपटकसम्म प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले कुटनीतिक ख्याल नगरी भारतीय विदेशमन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाएको भन्दै पार्टीमा आलोचना भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना पठाएको भोलिपल्टै देउवाले शनिबार पार्टीका तर्फबाट विदेशमन्त्री जयशंकरलाई बधाई तथा शुभकामना पठाएका थिए। उनको शुभकामना सन्देशलाई पार्टीका शीर्ष नेतादेखि परराष्ट्रविदले समेत रुचाएका छैनन् भन्ने खबर कान्तिपुर दैनिकमा छ। उनीहरुले भारतलाई रिझाउने यस्तो कदमलाई अशोभनिय भनेका छन्।

भारतको मन्त्रिपरिषद्मा विदेशमन्त्री जयशंकर ११ औं मर्यादाक्रममा छन्। पहिलो नम्बरमा रक्षा मन्त्री राजनाथ सिंह छन्। प्रोटोकल अनुसार आफ्नो काउन्टर पार्टनरलाई मात्रै शुभकामना दिनुपर्ने चलन छ।