चार सय मत गन्न बाँकी: देउवालाई २९४ मत आवश्यक - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

चार सय मत गन्न बाँकी: देउवालाई २९४ मत आवश्यक



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–

गणना– ४२७६ । शेरबहादुर देउवा– २०४६, शेखर कोइराला– १६१५, विमलेन्द्र निधि– २३८, प्रकाशमानसिंह– ३३५ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

अब चार सय मत गन्न बाँकी रहँदा बहुमतका लागि देउवालाई २९४ मत आवश्यक पर्छ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

कांग्रेसको निर्वाचन समितिका अनुसार कूल मत ४ हजार ६७९ खसेको छ। यस हिसाबले चुनाव जित्न २३४० मत आवश्यक हुन्छ।

केहि मत गन्न बाँकी छ । कसैले पनि ५१ प्रतिशत नल्याएका खण्डमा भने पुनः (दोसो चरण) चुनाव गर्नुपर्ने हुन्छ।

सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ उम्मेदवार छन्।

तर मूलतः देउवा र कोइरालाबीच टक्कर देखिएको छ। कोइरालाभन्दा अघि रहेका देउवाले मतान्तर बढाउँदै लगेका छन्।

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार राति अबेर सम्पन्न निर्वाचनअन्तर्गत सभापति पदतर्फको मतगणाना भइरहेको हो। सभापतितर्फका तीनवटै मतपेटिका (हरियो ट्यांकी) राष्ट्रिय सभा गृहका तीन अलग-अलग स्थानमा राखेर बिहान साढे ४ बजेदेखि मत गणना भइरहेको हो।

अन्य पदाधिकारी तथा सदस्यका लागि भएको मतदानका ८४ ट्यांकी कांग्रेसको केन्द्रीय कार्यालय (सानेपा) मा लगिएका छन्।

सभापतितर्फको मत गनिसकेपछि मात्र त्यता मत गन्न थालिने कांग्रेसको निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय सभागृह र भुकृटीमण्डमा व्यवस्था गरिएका मतदान केन्द्रमा सोमबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म मतदान गरिएको थियो।