सरकारले नै भिडभाड जम्मा गरेर कोरोना फैलाएको देउवाको आरोप - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

सरकारले नै भिडभाड जम्मा गरेर कोरोना फैलाएको देउवाको आरोप



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आफैले भिडभाड जम्मा गरेर कोरोना संक्रमण फैलाएको आरोप लागाएका छन् ।

शुक्रबार बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै देउवाले सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा गम्भीर नभएको समेत आरोप लगाएका छन् । देउवाले सरकारले असाध्यै कम पिसिआर गरे पनि ३७ प्रतिशतमा कोरोना देखिनुले संक्रमण व्यापक फैलिएको देखिने देउवाको भनाइ छ।

उनले सरकारले चरम लापरवाही देखाएको पनि आरोप लगाए। उनले अहिले सरकार कोरोना नियन्त्रणमा पुरै उदासिन भएको समेत आरोप लगाएका थिए ।

‘यो सरकार विगतका गल्तीबाट पाठ सिक्दैन। कांग्रेसलगायत दलले दिएका सुझाव पनि मान्दैन,’ उनले भने, ‘उद्घाटन र भिडभाड तथा तडकभडकमा सरकार लागेपछि निषेधाज्ञाको अवस्थामा पुगेको हो।’