झन्झन् आलोचित बन्दै प्रधानमन्त्री देउवा - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

झन्झन् आलोचित बन्दै प्रधानमन्त्री देउवा



काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको ६ महिना पूरा भएको छ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाको ६ महिने कार्यकालमा पुरा भएको छ। मन्त्रिपरिषद् विस्तार गर्नै तीन महिना लागेकाले अधिकांश मन्त्रीहरूको कार्यकाल तीन महिनामात्र पुरा भएको छ।

तर, यो अवधिसम्म सम्झनलायक खासै काम हुन नसकेको भन्दै आलोचना भएको छ। प्रधानमन्त्री देउवा सरकारको कामभन्दा पार्टी काममै व्यस्त देखिए।

साउन २४ मा घोषणा भएको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम अलपत्र छ। नेपाली भूमि कालापानीको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादास्पद अभिव्यक्ति दिँदासमेत सरकार मौन छ। महाधिवेशनमा पार्टी र प्रधानमन्त्री व्यस्त हुँदा सरकारको काम प्रभावकारी नभएको बताइएको छ।

फेरि अहिले कोरोना सङ्क्रमण फेरि बढेको छ। कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी योजना बनाउन सकेको छैन। खोप हुँदासमेत खोप अभियान सुस्त छ। सत्तारुढ दलबीचमै विवाद हुँदा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने प्रक्रिया अघि बढ्न सकेको छैन।