देउती गुट्का उद्योगमा पुनः बम बिस्फोट - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

देउती गुट्का उद्योगमा पुनः बम बिस्फोट



मंगल बास्कोटे / लम्की ।
कैलालीको लम्की चुहा नगरपालिका वडा नं.१ मा आज बिहान अज्ञात समुहले प्रेसर कुकर बम बिस्फोट गराएको छ । लम्की स्थित देउति गुट्का उद्योगको दक्षिणपुर्वि घेरापर्खालमा बिहान करिब ४ बजेर ४७ मिनेटमा बम बिस्फोट भएको ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।

बम बिस्फोट बाट उद्योगको घेरापर्खाल भत्कीएको छ भने कुनै मानवीय क्षति नभएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशिले जानकारी दिनु भएको छ । बम कस्ले, किन बिस्फोट गराएको हो भन्ने पत्ता नलागेको र अनुसन्धान मै रहेको प्रहरी निरिक्षक जोशिले जानकारी दिनु भएको छ । देउति गुट्का उद्योगमा बारम्बार बम फेला पर्ने र बिस्फोट भइरहेको भए पनि अहिले सम्म संलग्न पक्राउ पर्न सकेको छैन ।

बस्तीको बिचमा रहेको गुट्का उद्योगमा बम बिस्फोट हुदा पनि वरिपरिको मानिसले घटनाको बिषयमा कुनै प्रतिक्रिया नदिने गरेको डुडेझरी बेस क्याम्पका प्रमुख डिएसपी प्रेम बहादुर रावलले बताउनु भएको छ ।