देउसी भैलोबाट संकलित रकमले अनाथहरुलाई भोजन - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

देउसी भैलोबाट संकलित रकमले अनाथहरुलाई भोजन



विद्यार्थी अधिकार मञ्च शंकरनगरले देउसी भैलोबाट संकलित रकमले अनाथहरुलाई भोजन गराएका छन ।मञ्चले रुपन्देहीको तिलोत्तमा २० कोटिहवामा रहेको नेपाल अविनाश अनाथ आश्रममा रहेका अनाथ बालबालिकाहरुलाई शनिवार बिहानको नास्ता र खाना खुवाएको हो

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले देउसी भैलोबाट संकलित रकमले सो कार्यक्रम गरेको मञ्चका प्रवत्ता अनिल अर्यालले बताए । सबैजसो संघसंस्थाले देउसी भैलोको रकमलाई पिकनिक जाने र अन्य मोजमस्तिमा प्रयोग गरिरहेको सन्दर्भमा आफुहरुले केहि नया काम गरेर अरुलाई समेत प्रेरणा दिन खोजेको मञ्चका कार्यक्रम बिभाग प्रमुख अर्जुन खरेलले जानकारी दिए । कार्यक्रममा सहभागी हुन आश्रम पुगेका मञ्चका पदाधिकारी र अतिथिहरुलाई आश्रमका अध्यक्ष कृष्ण प्रशाद ज्ञवालीले खादा ओडाएर स्वागत गरेका थिए । बिभिन्न संघसंस्थाहरुले यसरी सहयोग गरिरहदा आश्रम चलाउन सहज बन्दै गएको अध्यक्ष ज्ञवालीले बताए ।

आश्रम संचालनका लागि मासिक रुपमा आर्थिक सहयोगका साथै जिन्सि सामानहरु पनि आबश्यक मात्रामा उपलब्ध हुने गरेको र दैनिकजसो बिभिन्न संघसंस्थाले भोजन गराउने गरेको उनको भनाई छ । सो आश्रममा भोजन गराउने १ सय ८० संघसंस्था तथा ब्यात्तहिरु प्रतिक्षा सुचीमा रहेको उनले जानकारी दिए । सो आश्रममा १२ जना बालक र ६ जना बालिका गरि १८ जनाले आश्रय लिई रहेका छन । मनिष भुषालको संयोजकबत्वमा सम्पन्न कार्यक्रममा आश्रमका बालबालिकाहरुले नाचगान गरेर रमाईलो समेत गरेको थिए ।