काठमाडौंमा देउसी खेल्न नपाइने - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

काठमाडौंमा देउसी खेल्न नपाइने



काठमाडौं, असोज ३१ ।

काठमाडौंमा नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा शान्ति सुरक्षाको कारण देखाएर रातमा देउसीभैलो खेल्न नपाइने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गरी राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले मंगलबार सूचना जारी गरी १० बजेभन्दा पछि देउसीभैलो खेलेमा कारबाही गर्ने बताएका छन्।

प्रजिअ अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तिहार पर्वको उपलक्ष्यमा खेलिने देउसी, भैलो कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि त्यस्ता कार्यक्रमहरु गर्दा सम्बन्धित घरधनीको सहमति लिइ बिना करकाप बेलुकी १० बजेसम्म मात्र मनाउनु हुन अनुरोध गरिन्छ ।’

त्यस्तै आतिसबाजी, पटका भुइचप्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नगर्न पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।