देउराली सांस्कृतिक मंचको कार्यक्रममा नि:शुल्क स्वास्थ्य परिक्षण गरिने - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

देउराली सांस्कृतिक मंचको कार्यक्रममा नि:शुल्क स्वास्थ्य परिक्षण गरिने



नयाँ  दिल्ली 

भारतको राजधानी नयाँ दिल्लीमा नयाँ वर्ष २०१८ एवं भारतीय गणतन्त्र दिवसको  अवसर पारेर गर्ने लागिएको सांस्कृतिक कार्यक्रममा नि:शुल्क स्वास्थ्य परिक्षण  गरिने भएको छ । केअर फोर क्युअर र के आई नेपालको संयुक्त   आयोजनामा उक्त स्वास्थ्य परिक्षण   गरिने  बताएका छन्  ।

उक्त स्वास्थ्य परिक्षणमा बोन डेस्ट्रोमेट्रि,ईसीजी ,ब्लड सुगर ,ब्लड प्रेसर र बीएमआइ निसुल्क गरिने छ भने मुटु  रोग विशेषज्ञ,हाट जोर्नी ,जनरल फिजिसियन आदि डाक्टरहरु उपस्थित हुने  केअर फोर क्युअरका सस्थापक एल पी   पाण्डेले   हिमाल पोस्टलाई  जानाकारी गराए ।

कार्यक्रम कुनै पनि बेला जो कोहि पनि आकस्मिक बिरामी   हुन सक्ने र तुरुन्तै उपाचार गर्ने हेतुले  निशुल्क  एम्बुलेन्स उपलब्ध रहेको बताएका छन् ।

दिल्लीमा जुन कुनै संघ सस्थाको  कार्यक्रम आयोजना  भए पनि केअर फोर क्युअरले निसुल्क सेवा दिदै आएको छ ।

नेपाल देखि ख्यातिप्राप्त कलाकार जनगायक जीवन शर्मा , बद्रि पंगेनी ,सम्झना भण्डारी ,नारायण बिपी परियार ,विष्णु श्रीपालि ,राम गहतराज ,सुबोध पोख्रेल  र अन्य स्थानीय कलाकारको पनि प्रस्तुति रहने आयोजले बताएका छन् ।

कार्यक्रम एन्ड्रयुगंजको सामुदायिक भवन (मुलचंद मेट्रोको नजिकै) बिहान ११ बजे देखि हुने छ।