२६ जनवरीमा देउराली सांस्कृतिक मञ्चद्वारा दिल्लीमा सांस्कृतिक कार्यक्रम गरिने ! - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

२६ जनवरीमा देउराली सांस्कृतिक मञ्चद्वारा दिल्लीमा सांस्कृतिक कार्यक्रम गरिने !



नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले हरेक अङ्ग्रेजी वर्ष एवंम भारतीय गणतन्त्र दिवसको उपलक्ष्यमा भारतमा रहेका कुनै न कुनै नेपाली सङ्घ सस्थाले सांस्कृतिक कार्यक्रम गर्दै आएका छन्। सोही क्रममा भारतको नयाँ दिल्ली स्थीत  जनवरी २६ तरिकाका दिन’नेपाली कला सस्कृतिको जगेर्ना ,उत्थान र विकास गरौँ’ भन्ने मुलनाराका साथ देउराली सांस्कृतिक मञ्चद्वारा इण्डो नेपाल मैत्री महोत्सव-२०१८ गरिने भएको छ ।

प्रवासमा रहेपनि आफ्नो देशको कला ,संस्कृति ,परम्परा र भेषभुषा विभिन्न समयमा विभिन्न सङ्घ सस्थाद्वारा निरन्तरता दिँदै आएका छन् ।

नेपाल देखि ख्यातिप्राप्त कलाकार जनगायक जीवन शर्मा , बद्रि पंगेनी ,सम्झना भण्डारी ,नारायण बिपी परियार ,विष्णु श्रीपालि ,राम गहतराज ,सुबोध पोख्रेल  र अन्य स्थानीय कलाकारको पनि प्रस्तुति रहने आयोजले बताएका छन् ।

कार्यक्रम एन्ड्रयुगंजको सामुदायिक भवन (मुलचंद मेट्रोको नजिकै) बिहान ११ बजे देखि हुने छ।

सोहि कार्यक्रममा बिगत लामो समय देखि नेपाल भारत सेवा दिदै आएको सुपा देवी देउराली टुर एण्ड ट्रावल्सले आफ्ना नयाँ बातानुकुलित (एसी) गाडीहरु पनि संचालन गर्ने बताएको छ ।