देउवाले ‘म आउँदिन’ भन्दापनि ओलीले जरुरी पर्यो भन्दै तीनचोटी कर गरेपछि - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

देउवाले ‘म आउँदिन’ भन्दापनि ओलीले जरुरी पर्यो भन्दै तीनचोटी कर गरेपछि



काठमाडौं- तीन कल फोनको करामत थियो, कांग्रेस सभापति शेरबहादुर देउवा दिउँसै बालुवाटार छिर्नु।

नेताहरुले सभापति देउवालाई पटकपटक भन्दै आएका थिए, ‘संकट पर्दा उनले कहिले प्रधानन्यायाधीश त कहिले अख्तियार प्रमुखलाई रातारात बोलाएर मिडियाबाजी गराउँछन्। कहिले राष्ट्रपति प्रयोग गर्छन्। अब पनि आफ्नो झगडामा हामीलाई मुछ्ने दाउ हुनसक्छ। त्यसैले प्रधानमन्त्रीले बोलाए भन्दैमा भेट्न नजानुस्। पार्टीले उनलाई सहयोग गर्ने भनेको छैन। बरु पाँच वर्षसम्म सरकारमा नजाने निर्णय छ।’

यही कारण शनिबार प्रधानमन्त्रीले बोलाउँदा देउवाले ‘हैन म आउँदिन’ त भन्नुभयो। तर, ‘आउनु न आउनु, अलिक जरुरी पर्यो’ भन्दै तीनचोटी कर गरेपछि आफू गएको देउवाले केही कांग्रेस नेतालाई बुढानिलकण्ठमै बोलाएर सुनाएका छन्। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

देउवाको ब्रिफिङअनुसार प्रधानमन्त्री ओलीले संसदीय दल विभाजन गर्ने प्रयासमा असफल भएको निश्कर्ष निकालिसकेका छन्।