प्रधानमन्त्री देउवाविरुद्ध पर्‍यो उजुरी - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

प्रधानमन्त्री देउवाविरुद्ध पर्‍यो उजुरी



प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उजुरी परेको छ । देउवाविरुद्ध चितवनमा उजुरी परेको हो । चुनावी सभा सम्बोधनका लागि भरतपुर जाने तयारी गरेका देउवाविरुद्ध उजुरी परेको हो ।

देउवाविरुद्ध बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो। अधिवक्ता सुनिता अधिकारीले प्रधानमन्त्रीविरुद्ध आचारसंहिताको विषयमा लिखित उजुरी हालेकी हुन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेर चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको बताइएको छ ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचनमा आफैँ उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचार प्रसार गर्न नपाइने व्यवस्था छ।

सत्तारुढ गठबन्धनले बिहीबार भरतपुरको हाकिम चोकमा संयुक्त चुनावी सभा आयोजना गर्दैछ।

बिहान ११ बजेबाट सुरु हुने सभालाई प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने बताइएको छ।