बालुवाटारमा प्रचण्ड र देउवाबीच चर्काचर्की : धोका नदिनुस - देउवा, एमसीसी संसदमा लगे गठबन्धन तोडिन्छ - प्रचण्ड - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

बालुवाटारमा प्रचण्ड र देउवाबीच चर्काचर्की : धोका नदिनुस – देउवा, एमसीसी संसदमा लगे गठबन्धन तोडिन्छ – प्रचण्ड



संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

सरकारले अघि बढाउन खोजेको एमसीसी परियोजनाबारे संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।

माओवादी केन्द्रले संसदबाट जबरजस्ती अघि बढाउन खोजेको गठबन्धन तोडिने चेतावनी दिएको छ ।

देउवासँगको छलफलमा प्रचण्डले एमसीसीलाई संसदमा टेबल गरिए सरकार छोड्ने बताएको स्रोतले जानकारी दिएको छ ।

जवाफमा देउवाले भने सहमतिमै प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याइएकाले एमसीसीलाई देखाएर धोका नदिन आग्रह गरेका छन् ।