किन भयो प्रधानमन्त्री देउवाको भारत भ्रमण एकाएक स्थगित ? - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

किन भयो प्रधानमन्त्री देउवाको भारत भ्रमण एकाएक स्थगित ?



प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण एकाएक स्थगित भएको छ । देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात समिट रोकिने भएपछि देउवाको भारत भ्रमण स्थगित भएको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनी यही पुस २५ गते भारत भ्रमणमा जाने कार्यक्रम रहेको थियो । तर उनी सहभागी हुने भनिएको समिट नै स्थगित भएपछि देउवा भारत जान नपाएका हुन् ।

भ्रमण रोकिएको औपचारिक निर्णय भने अहिलेसम्म बालुवाटारले सार्वजनिक गरेको छैन । ‘सम्मेलन स्थगित भएको औपचारिक जानकारी आएको छैन, तर स्थगित भएको भए उहाँ जानुहुन्न,’ बालुवाटार स्रोतले भन्यो ।