मङ्सिरमा तीनै तहको एकैपटक निर्वाचन गर्ने निष्कर्षमा देउवा ! - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

मङ्सिरमा तीनै तहको एकैपटक निर्वाचन गर्ने निष्कर्षमा देउवा !



शुक्रवार देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्न सरकार प्रतिबद्ध भएको र सम्बन्धित निकायलाई त्यसको तयारी गर्नसमेत आग्रह गरे ।

आउँदो जेठदेखि स्थानीय तहका प्रतिनिधि खालि हुने क्रम शुरू हुन्छ । देउवा आफ्नो अनुकूलतामा राजनीतिक परिस्थिति नआएसम्म निर्वाचन गर्ने पक्षमा देखिएका छैनन् ।

संविधानले स्थानीय तह खालि भएको ६ महिनाभित्र निर्वाचन गर्ने सुविधा देउवालाई दिएको छ । देउवा त्यो सुविधालाई प्रयोग गरेर राजनीतिक माहोल आफ्नो पक्षमा पार्ने तयारीमा लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

केही दिनअघि बसेको सत्तारूढ गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।

प्रचण्डको प्रस्तावलाई देउवाले नकारिसकेका छैनन् । बरू आगामी मङ्सिरमा तीनै तहको निर्वाचन एकैपटक गर्नेगरी देउवा अघि बढ्ने निष्कर्षमा पुगेका छन् ।

देउवाको आजको सम्बोधनमा निर्वाचनसम्बन्धी धेरै कुरा आएनन । उनले एक वर्षभित्र सबै तहको निर्वाचन गर्ने भनेर आगामी मङ्सिरसम्मको म्यान्डेट लिन खोजेका छन् ।