देउवाले बोलाए मन्त्रिपरिषद बैठक : एमसीसीबारे विशेष निर्णय हुनसक्ने - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

देउवाले बोलाए मन्त्रिपरिषद बैठक : एमसीसीबारे विशेष निर्णय हुनसक्ने



प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका  छन् । बालुवाटारमा २ बजे बस्ने गरी आज देउवाले बैठक बोलाएका हुन् ।

आजको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी)लाई संसदमा टेबुल गर्नेबारे निर्णय हुनसक्ने बालुवाटार स्रोतले बताएको छ ।  

देउवाले आजै बिहान सत्तारूढ गठबन्धनको एउटा दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका थिए ।

दुवैको छलफलमा एमसीसीलाई अघि बढाउनेबारे छलफल भएको थियो ।