राष्ट्रपति भण्डारीलाई बेलयाती महारानीको शैलीमा बोल्न लगाईयो :देउवा - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

राष्ट्रपति भण्डारीलाई बेलयाती महारानीको शैलीमा बोल्न लगाईयो :देउवा



काठमाडौं– प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई ‘हावादारी गफ’को संज्ञा दिएका छन् ।

सरकारले राजमार्गमै जहाज अवतरण गर्नेजस्ता उडन्ते कुरा गरेकाले नीति तथा कार्यक्रम खासै महत्वपूर्ण नभएको देउवाको भनाइ छ ।

आइतबार बसेको प्रतिनिधिसभा वैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो पार्टीले दर्ता गरेको संशोधन प्रस्तावमा सांसदहरुको मत माग्दै नीति तथा कार्यक्रममा कुनै पनि विषय स्पष्ट नभएको बताए ।

देउवाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरित भएको पनि बताए ।

राष्ट्रपति भण्डारीलाई बेलयाती महारानीको शैलीमा बोल्न लगाएर राष्ट्रपति संस्थालाई विवादमा तान्ने काम भएको देउवाको आरोप थियो ।

‘राष्ट्रपति जस्तो सम्मानित संस्थालाई विवादमा तान्ने काम भएको छ,’ देउवाले भने, ‘बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर विवादमा पारिएको छ । यो लोकतन्त्रलाई राम्रो कुरो होइन ।’