पछि हट्न बाध्य भए प्रधानमन्त्री देउवा - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

पछि हट्न बाध्य भए प्रधानमन्त्री देउवा



काठमाडौ- अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौता विवादमा परेको छ । नेपाली सेना एसपीपीसम्बन्धी सम्झौताको विषयमा राजी नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन् ।

१० बुँदे प्रस्तावित सम्झौतामामा नेपाली सेनाको रिर्जभेसन भएपछि तत्कालका लागि सो विषय अगाडि नबढ्ने भएको छ । यदि सो सम्झौतामा हस्ताक्षर भएको भए नेपालको जुनसुकै भागमा अमेरिकी सेना परिचालित गर्ने अधिकार हुने थियो । एसपीपीको विषयमा राजनीतिक वृतमा तरंग देखिएपछि प्रधानमन्त्री देउवाले मुलुकको हितविपरीत कुनै सम्झौता नगर्ने बताएका छन् ।

सात वर्षअघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता गर्दै आएको थियो । पछिल्लो समय पुनः अमेरिकाले सैन्य समझदारीपत्रमा हस्ताक्षर गर्न प्रस्ताव ल्याएको भन्दै विवादमा आएको हो ।

यसअघि सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसिप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव गरेको थियो ।

यसअघि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्यक्रमबारे नेपाली सेना सकारात्मक भएको सन्देश पठाएका थिए । त्यतिबेला अमेरिकाले नेपाली सेनासँगै प्रस्ताव राखेकामा अहिले पनि राजीतिक रूपमै प्रस्ताव गरेको थियो । राजधानीमा खबर छ ।