बैठककै बीचबाट देउवाले गरे सभामुखलाई फोन, एमसीसीलाई कार्यसूचीमा राख्न दबाब - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

बैठककै बीचबाट देउवाले गरे सभामुखलाई फोन, एमसीसीलाई कार्यसूचीमा राख्न दबाब



प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नि प्रसाद सापकोटालाई टेलिफोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।


देउवाले मंगलबार सभामुख सापकोटालाई टेलिफोन गरी प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न समितिको बैठक बोलाउन आग्रह गरेका प्रधानमन्त्री निकट कांग्रेसका एक नेताले जानकारी दिए ।

प्रतिनिधि सभा बैठक बुधबार बस्ने तय भएको छ । तर कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने/नबस्ने तय भएको छैन ।

प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल हुने सम्भावना छ । कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुका अनुसार भोलिकै बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव कांग्रेसले गरेको छ ।