धेरै 'टेक' खाएपछि ढिलो भएको रहेछ देउवाको सम्बोधन - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

धेरै ‘टेक’ खाएपछि ढिलो भएको रहेछ देउवाको सम्बोधन



शुक्रवार अपराह्न ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने समाचार बालुवाटारबाट बाहिरिएसँगै सम्बोधन सुन्न सबै तम्तयार भएर बसे । कतिपय अनलाइन सञ्चारमाध्यमहरूले तीन बजे भन्दा पहिल्यै नेपाल टेलिभिजनबाट आउने लाइभ सेयरसमेत गरे ।

तर सवा घण्टासम्म देउवाको सम्बोधन आएन । सामाजिक सञ्जालमा कतिपयले टिप्पणी गरे, ‘सम्बोधन त समयमा गर्न नसक्नेले के देश चलाउलान् ?’

तर नेपाल टेलिभिजन स्रोतले भने देउवाले टेलीप्रम्प्टरमा लेखिएको सम्बोधन पढ्न नजान्दा धेरै टेक खएकैले सम्बोधन ढिलो भएको बताएको छ ।

प्रम्प्टरमा लेखिएको पढ्ने देउवाको बानी छैन । यसअघिका सम्बोधनहरूमा देउवाले कागजमै लेखिएको पढ्ने गर्दथे । पढ्दा पढ्दै देउवाले यो मिलेन म फेरि पढ्न थाल्छु भन्ने गरेका थिए ।

‘त्यसपछि समय लाग्ने नै भयो,’ टेलिभिजन स्रोतले भन्यो ।

देउवाको सम्बोधनको व्यवस्थापन गर्न २ बजे नै टीम बालुवाटार पुगेको थियो । सम्बोधनका क्रममा पटक-पटक रोकिन पुगेका देउवाकै कारण सम्बोधन ढिलो भएको हो ।