देशले संघीयता धान्न सक्दैन : पूर्व अर्थमन्त्री डा. महत - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

देशले संघीयता धान्न सक्दैन : पूर्व अर्थमन्त्री डा. महत



मोरङ,पूर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा. रामशरण महतले मुलुकलाई संघीयता धान्न गाह्रो पर्ने बताएका छन ।

प्रेस युनियन मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री महतले संघीयताले प्रशाशनिक खर्च बढाएको जिकिर गर्दै संघीयता धान्न गाह्रो पर्ने तर्क गरेका हुन् ।”आम्दानीको श्रोत छैन, खर्च बढेको छ । संघीयता धान्न गाह्रो पर्न सक्छ ।” उनले भने ।

पूर्व अर्थमन्त्री डा. महतले प्रदेशहरुलाई प्रशासनिक खर्च कम गर्न र स्रोतको खोजी गर्न सुझाव समेत दिएका छन । ”आफ्नै हातमा डाडुपन्यु भएपछी अब जथाभावी गर्ने होइन, दीर्घकालीन सोच सहित योजना र कार्यक्रम ल्याउनुपर्छ । ” उनले भने ।

भारतका विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका सम्बन्धमा पत्रकारले प्रश्न सोधेपछि उनले यस्ता भ्रमण भइरहने भन्दै यस विषयमा अनावश्यक टीकाटिप्पणी गर्नु नहुने भन्दै पन्छिएका थिए ।