देशको आर्थिक सम्वृद्धि र विकासकालागि वाम गठबन्धनले दुइ तिहाइ मत ल्याउनै पर्छ :विष्ट
गुल्मी /कात्तिक १७
नेकपा एमालेका सचिव गोकर्ण विष्टले देशको आर्थिक सम्वृद्धि र विकासकालागि अबको चुनावमा वाम गठबन्धनले दुइ तिहाइ मत ल्याउनै पर्ने बताएका छन् । वाम गठबन्धनको विजयपछि देशको अस्थिरता हट्नेउनको भनाइ छ । प्रतिनिधिसभा निर्वाचन गुल्मी क्षेत्र नम्बर २ का वाम गठबन्धनका उम्मेदवार समेत रहेका नेता बिष्टले वाम गठबन्धनलाई अधिनायकवाद भन्नु प्रधानमन्त्रीको अत्तालिएको अभिव्यक्ति भएको टिप्पणी समेत गरे ।
आज गुल्मीको मुसिकोट नगरपालिका ४ दजाकोटवाट चुनावि अभियान शुरु गर्दै विष्टले गुल्मेली जनताको आर्थिक समृद्धिका लागि आफु फेरि एकपटक जनप्रतिनिधि बन्न उम्मेदवार भएको बताए । उनले २०७३ वैशाख १८ गते आगालागीवाट सखाप भएको दजाकोटमा नमुना वस्ती निर्माण गर्न महत्वपुर्ण सहयोग रहने बताए ।
नेता बिष्टले सडक, शिक्षा, स्वास्थ, खानेपानी लगायत गुल्मीको विकास निर्माणमा आफु जनप्रतिनिधि हुँदा र नहुँदा पनि जनताकै साथमा रहेकाले आगामी दिनमा थप सकृय भएर लाग्ने बताए ।
कुर्घा मालिका र स्वाँरा होमस्टेको विकास गरि पर्यटक भित्र्याउनले विशेष पहल गर्ने नेता बिष्टले प्रतिबद्धता जनाए । दजाकोटको चुनावी भेलापछि नेता बिष्ट आजै मालिका महोत्सवको समापन कार्यक्रममा समेत सहभागी भए ।