फेरि देशव्यापी लकडाउन गर्ने सरकारी तयारी
काठमाडौं- कोरोना महामारी बढ्दै गएपछि सरकारी संयन्त्र पुनः देशव्यापी लकडाउन गर्ने तयारीमा जुटेको बताइएको छ । नेपालमा लकडाउन खुकुलो भएसंगै अत्यधिक भिड हुने र संक्रमितको संख्या पनि ह्वात्तै बढेकाले यस्तो तयारी गरिएको स्रोतले बताएको छ ।
देशका मुख्य शहरहरूमा मानिसहरूले सतर्कता अपनाउनुको साटो झन् जोखिम पैदा गरेको सरकारी निष्कर्ष छ । पुनः देशव्यापी लकडाउन नलगाए परिस्थिति भयाबह बन्ने उनीहरूको आंकलन छ ।
स्रोतका अनुसार असार मसान्त पहिले लकडाउन गर्ने कि पछि गर्ने भन्नेमा केहि अन्योलता छ । निजि क्षेत्रलाई असार मसान्तसम्म समय दिएर आर्थिक कारोबार बढाउनुपर्ने केहीको राय छ भने कहिले भने आर्थिक सम्वृद्धि भन्दा पहिले जनताको ज्यान ठुलो भएको राय छ ।
असार महिना आर्थिक वर्षको अन्तिम महिना भएको हुँदा सरकार तथा निजी क्षेत्रले हिसाब मिलान गर्नका लागि लकडाउन खुकुलो बनाइएको समेत द्रोताको दाबी छ ।
हाल पर्याप्त राजश्व संकलन नहुँदा सरकारलाई खर्च चलाउन समेत मुस्किल पर्दै गएको छ । यसैका लागि पनि असार मसान्तसम्म खुकुलो पर्नुपर्ने बाध्यता छ ।
अर्कोतर्फ वर्षभरि भएका कामको भुक्तानी दिने र त्यसबापतको कमिसन लिने बेला पनि यही समय भएको हुँदा लगाउनलाई खुकुलो बनाइएको हो । तर, संक्रमितको संख्या सात हजार नाघेको अवस्थामा पनि लकडाउन खुकुलो भएको मा सरकारको आलोचना भइरहेको छ ।
असार मसान्तसम्म अर्थतन्त्र ले एउटा मार्ग समात्ने भएकोले लकडाउन पुनः सुचारु गर्ने तयारीमा सरकार लागेको सरकारी स्रोतको भनाइ छ । एकजनालाई संक्रमण हुँदा लकडाउन गरेको सरकारले अहिले सात हजार जना संक्रमित हुँदा खुकुलो बनाउन सरकार उल्टो बाटोमा लागेको भन्दै आलोचना सुरु भएको छ ।
अबको लकडाउन विगतको जस्तै गर्ने कि, अझै कडा गर्ने वा मोडालिटी परिवर्तन गर्ने भन्ने सन्दर्भमा छलफल चलिरहेको स्रोत बताउँछ।