फेरि देशभर प्रदुषण: तुँवालोले ढाक्यो आकाश - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

फेरि देशभर प्रदुषण: तुँवालोले ढाक्यो आकाश



काठमाडौं- दुई साता लामो तुँवालो हट्न नपाउंदै देशका अशिकांश स्थानमा फेरि तुवाँलो लागेको छ। काठमाडौं उपत्यका वरपरका जनजंगलमा डढेलो बढेसँगै सोमबारबाट यो तुँवालो लागेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। धेरै स्थानमा तुँवालो रहेको छ।

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। पहाडी भूभागका थोरै स्थानमा अपरान्ह पछि मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। देशका केही भूभागमा दिउँसोसम्म तुवाँलोको असर रहने महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार मंगलबार पहाडी भूभागका एक-दुई स्थानमा अपरान्ह पछि क्षणिक वर्षाको सम्भावना रहेको छ ।