देशभरका गाविस र नगरपालिका विघटन - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

देशभरका गाविस र नगरपालिका विघटन



काठमाडौं, फागुन २७ ।

सरकारले गाउँ विकास समिति र नगरपालिकाको संरचना भंग घोषणा गरेको छ । नवनियुक्त संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मुलुकभरका बिगत २५ वर्षदेखि अस्तित्वमा रहेका गाविसका संरचनाहरु भंग भएको घोषणा गरेका हुन्।

‘आजदेखि गाउँ विकास समितिका संरचनाहरु भंग भएका छन्। राजपत्रमा ७ सय ४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेको छ। अब गाउँपालिकाहरु अस्थित्वमा आएका छन्,’ उपप्रधान एवम् स्थानीय विकास मन्त्री थापाले भने।

अब सबै कामहरु गाउँपालिकामार्फत हुनेछन् । यसअघिका गाविसहरु वडामा सीमित भएका छन्।

अब गाउँ विकास समितिहरु गाभिएर गाउँपालिका बनेका छन्। गाउँपालिकाको तत्काल न्यूनतम बजेट एक करोड रुपैयाँ हुनेछ ।

यसअघिनै तत्कालीन स्थानीय विकासमन्त्री हितराज पाण्डेले जाँदा जाँदै स्थानीय तहको संरचनामा हस्ताक्षर गरी राजपत्रमा प्रकाशित गराइसकेका थिए।