देशभरका अदालत ठप्प हुने - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

देशभरका अदालत ठप्प हुने



काठमाडौं – नेपाल बार एसोसियसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

आइतबार सर्वोच्च परिसरमा जारी धर्नामा बोल्दै शाक्यले सर्वोच्चबाट शुरु भएको आन्दोलन देशभरीको अदालतमा पुग्ने बताए । उनले भने, ‘हामी भोकभोकै मर्न तयार छौं । तर, न्यायपालिका शुद्धीकरणको आन्दोलनबाट हामी पछि हट्नेछैनौं । सर्वोच्चबाट सुरु भएको आन्दोलन अब देशभरीको अदालतमा पुग्छ,’ उनले भने ।

उनले प्रधानन्यायाधीश राणा चोरबाटोबाट न्यायालय प्रवेश गरेको भन्दै त्यसलाई मान्यता नदिने बताए । ‘हामीले यसरी विरोध गरिरहेको समयमा प्रधानन्यायाधीश चोरबाटोबाट प्रवेश गरेको हो, यसलाई कुनै मान्यता दिएका छैनौ । हामीले स्वीकार्ने अबस्था छैन । स्वतन्त्र न्यायपालिकाको शुद्धीकरण प्रक्रिया छिटो शुरु होस भन्ने हाम्रो चाहना छ’, उनले भने ।