देशभर स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्ने तयारी - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

देशभर स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्ने तयारी



काठमाडौँ– नेपाल चिकित्सक संघले प्रा डा.गोविन्द केसीको मागप्रति बेवास्ता गरिए देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिकलगायत स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएको छ ।

संघका महासचिव डा.लोचन कार्कीले आज विज्ञप्ति जारी गरी असार १६ गतेदेखि जुम्लामा अनशनरतसंघका आजीवन सदस्य प्राडा केसीको जीवन रक्षाका निम्ति प्रधानमन्त्री, शिक्षामन्त्री, स्वास्थ्यमन्त्रीलगायत राजनीतिक दलका शीर्ष नेतालाई उहाँहरुको पार्टी कार्यालय तथा घरदैलामा भेटी जीवन रक्षाका निम्ति आग्रह गर्दा समेत सरकारले प्रा.डा.केसीको जीवनरक्षाका लागि कुनै चासो नदेखाएको र सरकारका तर्फबाट कुनै पनि जिम्मेवारी बोध नगरिएको परिस्थिति भनी चिन्ता व्यक्त गरेका छन् ।