देशको जमिन एक इन्च तलमाथि हुन दिइने छैन : प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

देशको जमिन एक इन्च तलमाथि हुन दिइने छैन : प्रधानमन्त्री ओली



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतसँग मन्च सेयर गर्दै आफूले देशको जमीन टुक्र्याउने विषयमा कहिल्यै कुनै सम्झौता नगर्ने बताएका छन् । उनले भने, ‘हाम्रो देश नझुक्ने स्वाभिमानी नेपालीहरुको देश हो, प्रकृतिले धेरै दिएको गर्व गन लायक देश हो । यो राष्ट्रिय गौरव हो, यसलाई सुदृढ गरेर लैजानु पर्ने हुन्छ ।’

उनले राजनीतिक प्राप्तिको एउटा अभियान टुङ्ग्याएको र नयाँ सुशासन तथा समृद्धिको अभियान सुरु गरिसकेको बताएका छन् । सिके राउत र स्वतन्त्र तराई मधेश गठबन्धनसँग भएको सम्झौता यीनै विषयमा भएको यो दिशाको नयाँ उचाइ भएको उनले बताए । हाम्रा कार्यकर्ता छुट्छन् कि छुट्दैनन् भन्ने भ्रम र जिज्ञासमा पनि नबस्न ओलीले गठबन्धनलाई अनुरोध गरे ।

उनले एकअर्काले मिलेर राष्ट्र निर्माणमा जोड दिनु पर्ने बताउँदै अदालतलाई सरकारले निर्देशन दिन नसक्ने र नदिएको बताए ।

कार्यक्रममा नै राजपाले सरकारको समर्थन फिर्ता लिने निर्णयलाई व्यंग्य पनि गरे । अदालतले फैसला गरेपछि राजपा सरकारलाई चिथोर्न आउनु ठिक नभएको उनले बताए । ‘साथीहरु आवेश, उत्तेजनामा नआउनुहोस्, असमझदारीको राजनीति नगर्नुस्,’ उनले भने, ‘देश टुक्र्याउने भन्ने कुरा अब समाप्त भएको छ । अरु कोही पनि आवेशमा नजाऔँ ।’

उनले सरकार विकासमा केन्द्रित हुन चाहने र फराकिलाे मन लिएर अगाडि बढ्ने पनि बताए ।