बाढी र पहिरोले देश शोकमा : कुन जिल्लामा कतिको ज्यान गयो ? - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

बाढी र पहिरोले देश शोकमा : कुन जिल्लामा कतिको ज्यान गयो ?



काठमाडौं– देशभर अविरल परेको वर्षाले निम्त्याएको बाढी र पहिरोको कारण देश शोकमग्न छ । १४ वटा जिल्लामा मानिसहरुले ज्यान गुमाएका छन् ।

तराईका अधिकांश र पहाडी क्षेत्रमा बाढी र पहिरोका कारण २ हजार ६५ घर धुरी विस्थापित भएको गृहमन्त्रालयले जनाएको छ ।

बाढी पहिरोमा ज्यान गुमानेको संख्या ललितपुर र काठमाडौंमा धेरै रहेको छ । ललितपुरमा ६ जनाको मृत्यु भएको छ भने काठमाडौं, काभ्रे र खोटाङमा ३/३ जनाको ज्यान गएको गृहमन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति जानाले ज्यान गुमाए ?

पर्सा – १ जनाको मृत्यु (निखील पटेल)
भोजपुर – २ जना मृत्यु (जनक वि.क. र जगत बहादुर राई)
रामेछाप – १ जनाको मृत्यु (पदम कुमारी सुनुवार)
सिन्धुली – २ जनाको मृत्यु (हेमकुमारी सुनुवार र कार्वन कपारी)
काभ्रेपलान्चोक – ३ जनाको मृत्यु (गोमा दंगाल, सुहावी दंगाल, कृष्णदेवी रायमाझी)
ललितपुर – ६ जनाको मृत्यु (सरोज जिम्वा,अविरल गोले, संन्दिप लोल्हो, सुवेश बस्नेत, सिता रानामगर, सानु मैया लोल्हो)
काठमाण्डौ – ३ जनाको मृत्यु (सर्मिला यादव, नितु यादव र कुन्दन यादव)
धादिङ्ग – २ जनाको मृत्यु (अस्मिता तामाङ्ग, राज कुमार ठकुरी )
खोटाङ्ग – ३ जनाको मृत्यु (रेखा राई, रोमन राई र रोहन राई)
मकवानपुर – २ जनाको मृत्यु (सन्तमाया बलामी र सानुकान्छा सुनुवार)
बारा – १ जनाको मृत्यु (विक्कु यादव)
ईलाम – १ जनाको मृत्यु (मानाहाङ्ग लावती )
झापा – १ जनाको मृत्यु (ऐलिजा न्यौपाने )
ओखलढुङ्गा –१ जनाको मृत्यु (पासाङपुटी शेर्पा)