मुलुक संकटमा पर्ने प्रधानमन्त्रीको संकेत: मन्त्रीहरूलाई दिए यस्तो निर्देशन - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मुलुक संकटमा पर्ने प्रधानमन्त्रीको संकेत: मन्त्रीहरूलाई दिए यस्तो निर्देशन



काठमाडौं- सत्तारुढ दल नेकपामा संकट देखिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक संकटमा पर्ने संकेत गरेका छन् । आज बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद्को बैठकमा उनले देशमा ठुलो संकट आउन सक्ने संकेत गरेका हुन् ।

उनले देशमा राजनीतिक संकट देखापर्न सक्ने भन्दै सामना गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषद्को बैठकमा पार्टी र सरकारले बेहोरिरहेको जटिलताबारे बताउँदै उनले अझै ठूलो संकट सम्मुखमा रहेको बताएको एकमन्त्रीले बताए ।

एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले मुलुक र पार्टीमा राजनीतिक संकट देखापरेको र यो बढ्न सक्ने बताएका छन् । प्रधानमन्त्रीको भनाई उद्घृत गर्दै उनले भने, “उहाँको आशय सबै प्रकारको संकटको सामना गर्न हामी तत्पर हुनुपर्छ भन्नै थियो ।” उनका अनुसार प्रधानमन्त्री निराश भएर प्रस्तुत भएका थिए ।

ती मन्त्रीले भने, “प्रधानमन्त्री चिन्तित देखिनुभएको थियो, उहाँले जटिलताहरू बारे त बताउनु भएन । उहाँको संकेत पार्टीभित्र देखा परेको गत्यावरोध हुनसक्छ ।”

सत्तारूढ नेकपा पछिल्लो समय चरम विवादबाट गुज्रिइरहेको छ । गाँठो फुकाउन अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डबीच भेटवार्ता जारी छ ।