देश र जनताको हित विपरित काम गर्नेलाई छाड्दिन :लालबाबु - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

देश र जनताको हित विपरित काम गर्नेलाई छाड्दिन :लालबाबु



काठमाडौं। जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक वर्षभित्र माक्स लगाउन नपर्ने गरी आफूले काम गर्ने प्रतिबद्धता फेरि दोहोर्याएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डिटले भने, ‘देश र जनताको हित विपरित काम गर्ने जस्तोसुकै व्यक्तिलाई पनि दण्डित गर्न म पछि पर्ने छैन ।’

वातावरणीय प्रभाव मूल्यांकन नगरी खुलेका उद्योग बन्द गराउन अरुले नसकेका र त्यसले आममानिसको जीवनमा गम्भीर असर पर्ने अवस्था त्यस्ता उद्योगलाई दण्डित गर्न आफू अग्रसर भएको पनि बताए ।

मन्त्री पण्डितले देश र जनताको पक्षमा काम गर्दा आफूलाई सबैले साथ दिने विश्वास पनि व्यक्त गरे ।