देश छोड्ने तयारीमा कंशाकार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

देश छोड्ने तयारीमा कंशाकार



काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणमा मुख्य दोषी देखिएका वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार देश छोड्ने तयारीमा जुटेको खुलासा भएको छ । उनीनिकट उच्च स्रोतले दिएको जानकारी अनुसार कंशाकारले आफू भ्रष्टाचारी सावित हुने डरले देश छोड्न लागेका छन् ।

तर, सरकारले भने कंशाकारलाई तत्काल निलम्बन नगर्ने जनाएको छ । संसदको सार्वजनिक लेखा समितिले कंसाकारसँगै पर्यटन सचिव कृष्ण देवकोटालाई निलम्बन गर्न निर्देशन दिएको थियो । तर, यसबारे न्यायिक आयोग समेत गठन गरेकाले अहिले नै कुनै निर्णय नलिइने सरकार प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।