देश भ्रष्टाचारको बाटोमो हिँड्न थाल्यो :डा. भण्डारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

देश भ्रष्टाचारको बाटोमो हिँड्न थाल्यो :डा. भण्डारी



काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले देश विकासको बाटोमा नगई भ्रष्टाचारको बाटोमो हिँड्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भण्डारीले देश बनाउने विषयमा छलफल नहुने तर भ्रष्टाचार, गफ र आलोचनामा नेताहरु व्यस्त रहेको बताएका हुन् ।

“देश कसरी बनाउने भन्ने विषयमा छलफल अत्यन्तै कम भयो ।” भण्डारीले भने ।

अहिले संसदमा कांग्रेसको आकार सानो भएकाले प्रभावकारी भूमिका खेल्न नसकेको स्वीकार गरे । महासमिति बैठकपछि कांग्रेस नयाँ ढंगले अगाडि बढेको जिकिर गर्दै भण्डारीले देश विकास गर्दै सुशासन कायम राख्ने काममा सरकार प्रतिवद्ध हुनुपर्ने बताए ।

सरकारले प्रतिपक्षी दलको कुरा सुन्नुपर्ने भन्दै भण्डारीले प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्ने बताए ।

निर्मला हत्याकाण्ड र वाइड बडी विमान खरिद प्रकरणमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भण्डारीको आरोप छ । त्यसैगरी होली वाइन खानु र एसिया प्यासिफिक समिटमा सरकार सहभागि हुनु गलत भएको भण्डारीको ठहर छ ।