देश बनाउने नीति आफूसँग मात्रै भएको ओलीको दाबी - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

देश बनाउने नीति आफूसँग मात्रै भएको ओलीको दाबी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला ठूला विकास निर्माणका कामहरु गरेर एमालेले नेपाललाई समृद्धिको बाटोमा अघि बढाएको दाबी गरेका छन् ।

नेकपा एमाले कपिलवस्तुको आयोजनामा जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंजमा आयोजित जनसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग देश बनाउने नीति रहेको र अरुसँग नरहेको भन्दै एमाले नेतृत्वको सरकारले नेपाललाई समृद्धिको बाटोमा अघि बढाएको दाबी गरे ।

उनले सरकार भनेको नाक कानमा लगाउने गहना नभएको भन्दै जनताको समस्या हेर्ने, जनतालाई शान्ति र सुव्यवस्था दिने, जनतालाई समस्या परेका बखत समाधान गर्ने बिषयमा सरकार देखिनुपर्ने धारणा राखे । ओलीले आगामी निर्वाचनमा नेपाली जनताले अत्याधिक मत सहित नेकपा एमालेलाई सरकारको जिम्मेवारी सुम्पनेमा आफू ढुक्क रहेको पनि बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले जसपा नेता मंगल प्रसाद गुप्तालाई एमाले प्रवेश गराएका थिए ।